भौतिक पुर्वाधारमन्त्री नेम्वाङमा पनि कोरोना देखियो « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

भौतिक पुर्वाधारमन्त्री नेम्वाङमा पनि कोरोना देखियो



काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङमा पनि कोरोना देखिएको छ । मन्त्री नेम्वाङलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई नोभल कोरोना भाइरस काभिड १९ सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन ।

उहाँले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्