लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा दाहाल निर्वाचित, कार्यसमितिका को–को आए ?

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा मेरो माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल निर्वाचित भएका छन । संघको सोमबार सम्पन्न १४औँ वार्षिक साधारण सभाबाट उपाध्यक्ष पदमा दाहाललाई नियुक्त गरेको हो ।
दाहाल यसअघि कोषाध्यक्ष रहेका थिए । त्यस्तै संघको कोषाध्यक्षमा स्वावलम्वन लघुवित्तको सीईओ भोजराज बस्याल नियुत्त भएका छन । बस्याल यसअघि कार्यसमिति सदस्य रहेका थिए । त्यस्तै सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक, समता लघुवित्तका डा. मदन घिमिरे, गणपति लघुवित्तका अच्युत सापकोटा चयन भएका छन ।
लघुवित्त संघको साधारणसभा आज भर्चुअलको माध्यामबाट सम्पन्न भएको थियो । सभालाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायतले संबोधन गरेका थिए ।
सभामा बैंकर संघका अध्यक्ष भुवन दाहालले संबोधन गरेका थिए । लघुवित्त संघमा ३ सदस्य खालि रहेकोमा आज निर्वाचित गरेको छ । संघको अध्यक्ष बसन्त लम्साल रहेका छन । संघको ११ सदस्यीय कार्यसमिति सदस्यीय कार्यसमिति रहेको छ । मर्जरको कारण संघमा आवद्ध लघुवित्तको संख्या ८६ रहेको छ ।