राष्ट्र बैंकका डा. श्रेष्ठ अर्थमन्त्री पौडेलको अर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सल्लाहकारमा राष्ट्र बेंकका कार्यकारी निर्देशक रहेका डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन ।
पौडेल यसअघि अर्थमन्त्री हुँदा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सल्लाहकारको भुमिकामा रहेका थिए । यसपल्ट अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन ।
श्रेष्ठ नेपाल राष्ट्र बैंकको लघुविक्त सुपरिवेक्षण विभागको प्रमुख समेत हुन । लघुवित्त सुपरीवेक्षण विभाग प्रमुख प्रदेश नं. ५ को योजना आयोगको उपाध्यक्षसमेत रहेका श्रेष्ठ अर्थमन्त्री पौडेल निकट मानिन्छन् । श्रेष्ठ सन १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत रहेका छन । डा. श्रेष्ठ केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा काम गरेका थिए ।