‘अपरेसन रिचार्ज कार्ड’: चोरीका ४ मोटरसाइकलसहित ३ जना समातिए « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

‘अपरेसन रिचार्ज कार्ड’: चोरीका ४ मोटरसाइकलसहित ३ जना समातिए



काठमाडौं । भक्तपुरमा मोटरसाइकल चोरेको आरोपमा तीन जना पक्राउ परेका छन । उनीहरुलाई चोरी गरेको ४ वटा वटा मोटरसाइकलसहित प्रहरीले हिजो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप घर भई मध्यपुर ठिमी नगरपालिका ८ बोडे बस्ने १८ वर्षीय अरूण तामाङ, दोलखा घर भई बोडे बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक घर भई कागेश्वरी नगरपालिका(९ मुलपानी बस्ने २९ वर्षीय मनोज लामा रहेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट बरामद गरिएका मोटरसाइकलमध्ये ल ु६३प ७०७४ नम्बरको मोटरसाइकल परिवर्तन गरी प्रदेश ३(०२(०१७ प ६१६७ नम्बर राखेका थिए । त्यस्तै, प्रदेश ३०३०१०प १५६७, प्रदेश ३०२०१८प ४७४१, प्रदेश ३०२००३प ३८३५ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

उक्तm यस अपरेसनलाई प्रहरीले ुअपरेसन रिचार्ज कार्डको नाम दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्