बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते



काठमाडौं । प्युठानमा बस दुर्घटनामा चालकको ज्यान गएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तीन जना यात्रुहरु रहेकोे बस मोड्ने क्रममा ब्रेक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए ।

दुर्घटनामा परी ३ जना यात्रुहरु घाइते भएका छन् । बङ्गलाचुली गाउँपालिका–३ की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते भएकी छन् भने माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताए । बस सडकदेखि २०० मिटर तल खसेको छ । घाइतेलाई उपचारका लागि दाङ पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्