मंगलबार थप ३ हजार ९३ लाई कोरोना, २ हजार १०८ निको भए

काठमाडौं । मंगलबार थप पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना नयां संक्रमित थपिएक छन । यो सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोना निको भएर घर फकेर्का छन ।यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तैगरी थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो संगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण भएको थियो ।
त्यस्तै आज काठमाडौं उपत्यकामा एक हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिइएको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ४३१ जना, भक्तपुरका १४८ जना र ललितपुरका १२३ जना रहेका छन् ।