तपाईसंग लुकेको प्रतिभा छ ? अब हुने भयो टिकटक स्टार, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।
घरमै बसीबसी देशको विभिन्न स्थानमा रहेका नव प्रतिभाले अनलाइनबाट प्रतिस्पर्धामा सहभागी हुन सक्ने एचपी ईन्टरटेन्मेटले जनाएको छ ।
बिजेतालाई कार, स्कुटर पुरस्कारको व्यवस्था रहेको आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताएका छन । उनका अनुसार प्रतिभा भएका तर अवसरवाट बन्चित प्रतिभाका लागी आफ्नो क्षमता प्रदर्शन गर्ने गतिलो माध्यम टिकटक स्टार हो ।
कार्यक्रममा भाग लिन चाहने सहभागीले एचपी ईन्टरटेन्मेटको अनलाईन पोर्टल www.ppfilmy.com मा गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाएर सहभागीता जनाउन सक्नेछन ।राजधानी दैनिकबाट