आज राष्ट्रपति भण्डारीद्वरा रानीपोखरीको उद्घाटन हुँदै « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

आज राष्ट्रपति भण्डारीद्वरा रानीपोखरीको उद्घाटन हुँदै



काठमाडौं । पुनर्निर्माण सकिएको रानीपोखरीको आज उद्घाटन हुदै छ ।
केही दिन अघि नै पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि आजै उद्घाटन हुन लागेको छ ।

आज विहान १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकरी दिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरु पनी सहभागी हुने प्राधिकरणले जनाएको छ ।
२०७२ सालको महाभुकम्पले रानीपोखरीको विचमा रहेको बालगोपालेश्वर मन्दिर भत्किएपछि २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीको शिलान्यागरेपछि पुनर्निर्माण सुरु भएको थियो । हाल रानीपोखरी मल्लकालीन शैलीमा पुनर्निर्माण भएको छ ।


प्रतिक्रिया दिनुहोस्