दुई दिनदेखि स्थिर रहेको सुन आज ८ सय बढ्यो

काठमाडौं । बुधबार दुई दिन स्थिर रहेको सुनको भाउ ८ सय रुपैयाँले बढेको छ ।आज छापावाल सुनको भाउ तोलाका ९५ हजार ५ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको भाउ आइतबार ९४ हजार ७ सय रुपैयाँ रहेकामा सोमबार र मंगलबार पनि सोही भाउ कायम भएको थियो ।
महासंघका अनुसार बुधबार तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९४ हजार २ सयमा किनबेच भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदीको भाउ १ हजार २ सय १० रुपैयाँ रहेकामा बुधबार १ हजार २ सय ४० पुगेको छ ।