१० महीनापछि उड्यो सौर्य एअर, यस्ता छन दशैंका प्याकेजहरु « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

१० महीनापछि उड्यो सौर्य एअर, यस्ता छन दशैंका प्याकेजहरु



काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एअरलाइन्सले १० महीनापछि ५ कात्तिकबाट नियमित सेवा शुरु भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएो कोरोना भाइरसको जोखिम कम रोकथाम तथा न्यसनीकरणको लागी सरकारले चैतदेखि गरेको बन्दाबन्दी भन्दा तीन महीना अगाडि अर्थात् पुसदेखि नै सौर्यको जहाज प्राविधिक कारणले थन्किएका थिए ।

बन्दाबन्दीको ६ महीनापछि ५ असोजबाट आन्तरिक उडानमा सबै वायुसेवा सञ्चालनमा आए पनि सौर्यका जहाज भने प्राविधिक समस्याकै कारण थन्किइरहे। अरु वायुसेवाले उडान शुरु गरेको एक महीनापछि यो वायुसेवाले नियमित सेवा सञ्चालन गरेको छ ।

सौर्यका सीआरजे २०० नामक ५० सिट क्षमतका ३ वटा जहाज भएपनि अर्को दुई वटा अझै उडानका लागि तयार भएका छैनन्। दुई वटा जहाजको मर्मत चलिरहेकोले आवश्यक तयारी पूरा गरेर तिहारमा उडान गर्ने भएको छ । त्यस्तै दशैंमा दैनिक ३ उडान गर्ने सौर्य एअरले जनाएके छ ।


प्रतिक्रिया दिनुहोस्