४७ प्रतिसत नाफा बढायो सिटिजन्स बैंकले, वितरण योग्य नाफा ९२ लाख ७४ हजार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । हाल सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये सिटिजन्स बैंकले पहिलोपल्ट फष्ट क्वाटरको वित्तिय विवरण प्रकाशित गर्न सफल भएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले नाफा बढाएको छ । देशमा कोरोनाको महामारीका विच सिटिजन्स बैंककले चालु आवको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वितरण योग्य नाफा ९२ लाख ७४ हजार २२९ रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंकले गत आवको पहिलो त्रैमासको भन्दा ४७.६६ प्रतिशत नाफा बढाएको छ । बैंककले गत आवको भन्दा १६ करोड ६४ लाख २२ हजार रुपैयाँ नाफा बढाएको हो ।
पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ८ लाख ४७ हजार रुपैयाँ बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २४ करोड ३८ लाख ६२ हजार रुपैयाँ बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ ।