पत्रकारको निःशुल्क पिसिआर परीक्षण र संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न पत्रकार महासंघको माग « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

पत्रकारको निःशुल्क पिसिआर परीक्षण र संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न पत्रकार महासंघको माग



काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीबीच अग्रपंक्तिमा रहेर सूचना प्रवाहमा काम गरिरहेका पत्रकारको पिसिआर परीक्षण र कोरोना संक्रमित पत्रकारको उपचार निःशुल्क व्यवस्था गर्न माग गरेको छ । महासंघले विज्ञप्ति निकालेर कठिन समयमा पेसाप्रति निष्ठावान भई कार्यरत पत्रकारको पिसिआर र संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

महासंघले पछिल्लो समय चार सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको र चारजना पत्रकारको संक्रमणकै कारण निधन भएको जानकारी दिएको छ । ‘यो विषम परिस्थितिमा मन्त्री, सांसद तथा उच्चपदस्थ सरकारी कर्मचारीलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचारका भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मी र आमनागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछौँ ।’ नेपाल पत्रकार महासंघको विज्ञप्तिमा भनिएको छ,।


प्रतिक्रिया दिनुहोस्