कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न ‘मेची-महाकाली साइकल यात्रा’ काठमाडौँबाट सुरु « Arthapath.com
९ असार २०८२, सोमबार

कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न ‘मेची-महाकाली साइकल यात्रा’ काठमाडौँबाट सुरु



काठमाडौं । कोरोना भाइरस महामारीका कारण थलिएको पर्यटन क्षेत्र उकास्न नेपाल साइकल यात्रा टीम काठमाडौँबाट पश्चिम महन्द्रनगरतर्फ लागेका छन ।

पर्यटन व्यवसायीहरुको यो साइकल समुहले ‘नेपाल साइकल यात्रा’ पर्यटन क्षेत्र उकास्नको लागी लागी गदैछन । महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका पर्यटन व्यवसायीले जनाएका छन ।

नेपाल पर्यटन वोर्डका अनुसार साइकल समुह पश्चिम महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौँडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काकडभित्तासम्म पुग्ने समुहले जनाएको छ ।

उनीहरुलाई आज नेपाल पर्यटन बोर्डको कार्यालय, भृकुटीमन्डपबाट वोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले बिदाई गरेका छन ।उनीहरुको यात्रा करिब ३ साताको हुनेछ । साइकल समुहमा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, सीएन पान्डे, लक्ष्मी श्रेष्ठ, पत्रकार अशोक सिलवाललगायत रहेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्