काठमाण्डौ महानगरपालिकाले दियो कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

काठमाण्डौ महानगरपालिकाले दियो कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन



काठमाण्डौ । कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन काठमाण्डौ महानगरपालिकाले हस्तान्तरण गरेको छ ।आज महानगरपालीकाले चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई दिएको हो ।

करिब १६ लाख पर्ने मेसिन हस्तान्तरगदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरेका छन ।शाक्यले सेवा कसले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएको र यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम भएको उनले बताए

यसअघि काठमाण्डौ महानगरपालिकाले थापाथलीको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्