अमेरिका निर्वाचन २०२०ः चुनावी अभियानमा कति खर्च हुन्छ ? « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

अमेरिका निर्वाचन २०२०ः चुनावी अभियानमा कति खर्च हुन्छ ?



अमेरिकामा निर्वाचन हुनुभन्दा एक-दुई वर्षअघि नै चुनावी अभियान सुरु हुन्छ। अनि त्यसमा अर्बौँ डलर खर्च हुन्छ।

कोरोनाभाइरस महामारीले यो वर्षको निर्वाचन चक्र केही फरक देखिएको छ। तर नोभेम्बर ३ मा हुने मतदानअघि ठूलो रकम खर्च भइरहेको छ।

सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६।५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ।

यसपालिको चुनावमा कति खर्च हुन्छ त्यसको कुनै निकर्याैल गर्नसकिएको छैन । तर गत चुनाव हेर्दा खर्च रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

विगत ५ वटा निर्वाचनमा उम्मेद्वारहरुले औषतमा २ अर्व डलर भन्दा धेरै खर्च गरेको देखिन्छ । यसको आधाभन्दा बढि प्रायः सञ्चार माध्यममार्फत प्रचार गर्न खर्च हुन्छ । टिभी विज्ञापन महँगा भएपनि डिजिटल विज्ञापनले प्राथमकिता पाईरहेको छ ।

त्यत्रो पैसा कहाँबाट आउँछ ?

अधिकासं रकम चन्दा बाट आउँछ । गत निर्वाचनमा खर्च भएको रकम मध्ये एक तिहाइजति २०० डलर वा थोरै चन्दा दिने अमेरिकी नागरिकबाट संकलित भएको थियो । तर २०० जना भन्दा थोरै ब्यक्तिको समूहले मात्रै त्यो निर्वाचनमा १ अर्व डलरजति खर्चए जुटाईदिए । उम्मेद्वार र दलहरुले पनि चन्दा संलन गर्न समितिहरु बनाउँछन् । त्यसरी पनि ठूलो रकम उठ्छ ।


प्रतिक्रिया दिनुहोस्