ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण « Arthapath.com
२३ असार २०८२, सोमबार

ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण



काठमाडौं । ज्योति विकास बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गरेको छ । बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४.३५ प्रतिशत शेयर स्वामित्वबाट ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय भएको हो ।

योसँगै बैंकको संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम रहेको छ । यसलाई पूर्णता दिनका लागि राष्ट्र बैंकबाट स्वीकृति लिन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ४९ करोड रुपैंया रहेको छ । जस अनुसार संस्थापक शेयरको संख्या १ करोड ८९ लाख ९६ हजार ९ सय १९ कित्ता छ ।


प्रतिक्रिया दिनुहोस्