सुनको मुल्य ९ सयले बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१९ कार्तिक २०७७, बुधबार

सुनको मुल्य ९ सयले बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्यले तोलामा ९ सय रूपैयाँले बढेको छ । बुधबार सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले नै बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
तर बुधबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्