बोर्डको प्रेसरमा २ महिना कार्यकाल बाँकी छदैँ सुर्या लाइफको सिईओको राजीनामा, विवेक झा जाने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सीईओ शिवनाथ पाण्डेले कार्यकाल बाँकी छदैँ कम्पनी छाडेका छन । संचालक समितिले घुमाउरो पाराले छोड्न दवाव दिएपछि पाण्डेले राजिनामा दिएका हुन ।
बिशाल ग्रुपको मुख्य लगानी रहेको सुर्या लाइफमा खरो स्वभावका पाण्डे टिक्नेमा धेरैले संका गरेका थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि पाण्डे जिवन बिमा कम्पनीको सीईओ बनेका थिए ।
शिबाल ग्रुपकै अर्को मुख्य लगानी रहेको नेपाल लाइफबाट सीईओ विवेक झाको कार्यकाल गत साउनमै सकिएको थियो । बिशाल ग्रुपको विश्वासपात्र झा ६ महिने कुलिङ पिरियडको पर्खाइमा बसिरहेका छन ।
पाण्डेछँदै झाले नेपाल लाईफबाट माथिल्लो तहमा २ जना कर्मचारी भित्र्याइसकेका छन । पाण्डे आफै खरो स्वभावका व्यक्ति हुन कम्पनीले हटाउने छन्द दिएपछि उनि आफैले राजिनामा गरेका हुन । ४ वर्षअघि सीईओ नियुक्त भएका पाण्डे चाटर्ड एकाउन्टेन पनि हुन । पाण्डेले आफ्नै फर्म खोलेर काम गर्ने बताएका छन ।
झाको ६ महिने कुलिङ पुष महिनामा सकिँदैछ । आधिकारीक रुपमा झाले न भनेपनि आफ्ना निकटहरुलाई कुनै न कुनै बीमा कम्पनीको सीईओ बन्ने बताएका छन । नेपाल लाइफलाई देशको नंबर १ कम्पनी मात्रै होइन जिवन बीमा बजारमा झण्डै ३० प्रतिसत हिस्सा ओगट्न सक्ने कम्पनी बनाएका छन ।