प्रधानमन्त्री ओलीले राजिनामा दिने कि नदिने ? « Arthapath.com
९ असार २०८२, सोमबार

प्रधानमन्त्री ओलीले राजिनामा दिने कि नदिने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री आफूले अहिले देश हितका लागि राजीनामा नदिने स्प्ष्ट पारेका छन् ।

‘अहिले देशको हितका लागि राजीनामा दिने अवस्था छैन, मैले राजीनामा दिनेवाला छैन । के अहिले मैले राजीनामा दिन हुन्छ, मिल्छ ? देशको हितमा हुँदैन, मैले राजीनामा दिनु भनेको देश बबार्दी तिर जानु हो । म यस ठाउँमा आएको रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्याएको जालझेल र तिकडमले होइन, जनताको व्यापक समर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काम गर्नुहोस्,’ उनले भने ।

सरकारले नफेरिने बरु स्थिर भएर समृद्धिको काममा लाग्ने समेत प्रधानमन्त्री ओलीले बताए ।

‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भनेर धेरैले धेरै प्रकारको कुरा गरे । जेमा पनि आलोचना गरे । त्यसप्रकारका प्रवृतिहरु छन् । त्यसबाट प्रभावित हुन हुँदैन । एकथरीको प्रयास देशलाई अस्थिरतातर्फ धकेल्ने आदत छ । देश स्थिरतामा छ । स्थिरता नै जनताको जीवनमा परिर्वतन ल्याउन सकिन्छ । गरिबीसँगको लडाँइ पनि जितेर पनि हामी अगाडि बढ्छौ । विकृति विसंगतीलाई पनि पराजित गरेर हामी अगाडि बढ्छौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्