थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, ३८४४ जना निको भए « Arthapath.com
९ असार २०८२, सोमबार

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, ३८४४ जना निको भए



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यस्तै आज निको हुने संक्रमितको संख्या ३ हजार ८४४ रहेको छ । योसंगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

हाल मुलुकमा ३६ हजार ९११ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् । त्यसमध्ये ३० हजार १३१ जना होम आइसोलेसन र ६ हजा ७८० संस्थागगत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार आज १३ हजार १४४ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हाल १३०५ जना क्वारेन्टिनमा रहेका छन् भने ३७९ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा रहेका छन् ।त्यस्तै आज थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्