नक्कली रिपोर्टले नेपाल एयरलाइन्सको बदनाम, प्रयोगशालालाई सजगता अपनाउन आग्रह « Arthapath.com
१९ कार्तिक २०७७, बुधबार

नक्कली रिपोर्टले नेपाल एयरलाइन्सको बदनाम, प्रयोगशालालाई सजगता अपनाउन आग्रह



काठमाडौं । नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै गएको छ । नेपालबाट कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका कतिपय यात्रुको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि ती देशले एअरलाइन्सलाई खबरदारी गरेका छन् । नेपाल एअरलाइन्समा यात्रा गरेका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ । दुबई र नारिता विमानस्थलले चेतावनी पठाएका छन् ।


प्रतिक्रिया दिनुहोस्