बुधबार सुन बढ्यो चाँदीको मूल्य घट्यो, बिहीबार सुन घट्यो चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२३ असार २०८२, सोमबार

बुधबार सुन बढ्यो चाँदीको मूल्य घट्यो, बिहीबार सुन घट्यो चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्यमा लगातार बढिरहृमा बिहीबार भने गिरावट आएको छ । यस साताको शुरुदेखि बढोत्तर भएको सुनको मूल्यमा आज तोलामा १ सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मुल्य तोलामा १ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य भने तोलाको रु ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै बुधबारसुनको मूल्यले तोलामा ९ सय रूपैयाँले बढेको थियो । बुधबार सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले नै बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

तर बुधबार चाँदीको मूल्य भने घटेर तोलामा ५ रुपैयाँ घटेको थियो । प्रतितोला एक हजार २ सय ५ रूपैयाँ कायम रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्