लुम्बिनी विकास बैंकको ११ करोड १७ लाख खुद नाफा, अन्य सूचक यस्ता छन « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

लुम्बिनी विकास बैंकको ११ करोड १७ लाख खुद नाफा, अन्य सूचक यस्ता छन



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ९ करोड ६७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिसम्ममा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको असोज मसान्तसम्ममा बैंकले ३० करोड ६९ लाख ४२ हजार रुपैयाँ यस्तो आम्दानी गरेकोमा यस आवमा बैंकले २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको भन्दा ५ करोड ७४ लाख ७ हजार रुपैयाँ कम हो ।

त्यस्तै सञ्चालन मुनाफा भने २ करोड १२ लाख ३८ हजार रुपैयाँ बढेर १५ करोड ९६ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आवको असोज मसान्तसम्ममा ५ करोड २८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज २ करोड ४२ लाख रुपैयाँमा सीमित भएसँगै अन्य सञ्चालन आम्दानी ४ करोड ४५ लाख रुपैयाँ बढेसँगै बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो । बैंकको २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अनिङ्गमा २१ करोड ३ लाख रुपैयाँ र शेयर प्रिमियममा ७६ हजार रुपैयाँ रहेको छ । त्यस्तै बैंकले ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्