सुनको मूल्य एकैदिन तोलामा १ हजारले बढ्यो,कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलमा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाला सुनको मुल्य तोलामा १ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भएके थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यसैगरी विहिबार चाँदीको मुल्य भने तोलाको रु ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै बुधबारसुनको मूल्यले तोलामा ९ सय रूपैयाँले बढेको थियो । बुधबार सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले नै बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
तर बुधबार चाँदीको मूल्य भने घटेर तोलामा ५ रुपैयाँ घटेको थियो । प्रतितोला एक हजार २ सय ५ रूपैयाँ कायम रहेको थियो ।