प्रचण्डले बोलाएको बैठकमा बादल गएनन्, ओलीलाई नेकपाको बैठक बोलाउन आग्रह गर्ने निर्णय « Arthapath.com
९ असार २०८२, सोमबार

प्रचण्डले बोलाएको बैठकमा बादल गएनन्, ओलीलाई नेकपाको बैठक बोलाउन आग्रह गर्ने निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बोलाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले ५ जना सचिवालय सदस्यसहितको बैठकमा नेकपाको बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय भएको हो । तर शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा ३ बजे बसेको बैठकमा राम बहादुर थापा (बादल) भने उपस्थित भएका थिएन । प्रचण्ड पक्ष मानिएका बादल फेरि ओली तिर नै आएका हुन् । त्यस्तै आजको ओली पक्षका उपप्रधानमन्त्री इश्वर पोखरेल र अर्थमन्त्री तथा महासचिव विष्णु पौडेलसमेत सहभागि भएका थिएन ।

पार्टी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूले सहमतिमा बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने निर्णय गरेका हुन् । शुक्रबार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो ।

“पार्टीमा जतिसुकै प्रकारको, जुनसुकै प्रकारको समस्या, गत्यावरोध र सङ्कटको स्थिति देखापरेको भए पनि पार्टीमा फेरि एकपटक सहमतिका आधारमा बैठक बस्ने, बैठकमा सबै पाटा पक्षहरूका बारेमा गम्भीरतापूर्वक छलफल गर्ने, एकतालाई बचाउँदै पार्टीलाई विधि–पद्धतिमा सञ्चालन गर्ने, सरकारलाई पार्टीको मार्गनिर्देशनमा जनमुखी, प्रभावकारी ढङ्गले सफल पार्न अगाडि बढ्नका निम्ति बैठक बसौं भनेर बारम्बार प्रस्ताव राखियो,” प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूलाई बैठकबारे जानकारी गराउँदै यस्तो बताए ।


प्रतिक्रिया दिनुहोस्