आइतबार नेप्से १२.४९ अंकले बढ्यो, ३ अर्बभन्दा बढि कारोबार « Arthapath.com
१० असार २०८२, मंगलबार

आइतबार नेप्से १२.४९ अंकले बढ्यो, ३ अर्बभन्दा बढि कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा साढे ३ अर्बभन्दा बढिको कारोबार भएको छ ।

आइतबार नेप्से १२.४९ अंकले बढेर १६४८.५८ अंकमा कारोबार बन्द भएको छ । आइतबार जम्मा १९८ वटा कम्पनीको १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता शेयर ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, आज दिन सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३७ अंक बढेको छ । हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग, दिव्यश्वरी हाइड्रोपावर, मिथिला लघुवित्त, यूनिभर्सल पावर कम्पनी र सानिमा जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन माउन्टेन हाइड्रो र बरुण हाइड्रोको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।


प्रतिक्रिया दिनुहोस्