व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न मेरो उम्मेदवारी: उपाध्यक्ष ढकाल « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न मेरो उम्मेदवारी: उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग समन्वय गर्नका लागि उम्मेदवारी दिएको बताए । आइतबार बुटवलमा आयोजित चुनावी अन्तर्क्रिया कार्यक्रममा बोल्दै ढकालले आफू चुनावी प्रतिबद्घतामा दृढ रहेको बताए ।

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफु त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको ढकालले बताए । ढकालले नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने बताए ।

ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताए । ढकालले भने आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका उद्योगी व्यवसायीहरुको साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्र ढकाल जिल्ला नगरकै साथीहरुसँग हातेमालो गरेर अघि बढ्ने भन्दै ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सिमित भएर बस्न नसक्ने बताए ।

५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ढकालको दौडधुप बढिरहेको छ । यही मंसिर ११ देखी १३ गतेसम्म हुने महासंघको ५४औं साधारणसभामा ढकाल बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन । ढकालसंग जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान भिड्दैछन ।


प्रतिक्रिया दिनुहोस्