कुमारी बैंकको नाफा ५० प्रतिशतले बृद्धि, ब्याज आम्दानी १ अर्ब ३१ करोड « Arthapath.com
९ असार २०८२, सोमबार

कुमारी बैंकको नाफा ५० प्रतिशतले बृद्धि, ब्याज आम्दानी १ अर्ब ३१ करोड



काठमाडौं । कुमारी बैंकले गत बर्षको तुलनामा यस बर्षको पहिलो त्रैमासमा ५० प्रतिशत बढि खुद नाफा आर्जन गरेको छ । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । सोहि अवधीमा बैंकले गत बर्ष ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफाआर्जन गरेको थियो ।

त्यस्तै बैंको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ रहेको सार्वजनिक विवरणमा उल्लेख गरेको छ ।

त्यस्तै बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ, खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ, सञ्चालन नाफा ८६ करोड ५ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकको यस अवधिमा निक्षेप संकलन १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ र कर्जा लगानी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ गरेको बैंकको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४२ रुपैयाँ ०५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्