यी ६ कार्य गरेमा अर्थतन्त्रले गती लिने अर्थमन्त्री पौडेलको विश्वास « Arthapath.com
९ असार २०८२, सोमबार

यी ६ कार्य गरेमा अर्थतन्त्रले गती लिने अर्थमन्त्री पौडेलको विश्वास



काठमाडौं । कोरोना भाइरसले गर्दा प्रभावित भएको अर्थतन्त्र उकास्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न ६ वटा मुद्धालाई प्राथमिकतामा राखेको बताएका छन् ।

पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रले नेपालको अर्थतन्त्रलाइ पनि प्रभाव पारेपछि उनले नेपालको अर्थ व्यवस्था उकास्नका लागि भी आकारमा पुनरुत्थान हुने बताएका छन् ।

उनले भने, “कोभिड-१९ का कारण अहिले हाम्रो अर्थतन्त्र प्रभावित भएको छ । आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्था देखिएको छ । यसले घट्दै गएको गरीबीको दरलाई पनि प्रभावित पार्छ नै ।”

उका अनुसार पहिलो, बजेटको प्रभावकारी कार्यान्वयन, दोस्रोे, यसैसँग सम्बन्धित पूँजीगत खर्चको बढोत्तरी, तेस्रो, चालु खर्चमा मितव्ययिता, चौथो, कोभिड– १९ बाट प्रभावित विपन्न र गरीब वर्गलाई राहत, पाँचौँ, अतिप्रभावित आर्थिक क्षेत्रलाई सहयोग र छैटौँ, सरकारको बढ्दो खर्चको आवश्यकता परिपूर्ति गर्न वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन गरिने छ । तत्कालको लागि यी कार्य गरेमा अर्थतन्त्रले गति लिन सक्ने उनी बताउँछन् ।

यी कार्यहरूमा राजनीतिक दल, निजी क्षेत्र, सञ्चारकर्मी, सरोकारवाला र आमजनसमुदायको पनि सक्रिय सहभागिताले मात्रै सफलता पाउने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्