प्रधानमन्त्री पत्नीको फेरो समात्दै प्राधिकरण हत्याउने दाउमा शाक्य, अव कुलमानको च्याप्टर क्लोज !

काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्य निकट रहेका हितेन्द्रदेव शाक्यले अन्तत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्ने भएका छन । शाक्य यसअघि प्राधिकरणकै सहकाएक कम्पनी एनईए इन्जीनियरिङको प्रमुखको रुपमा कार्यरत रहेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका नातेदार पर्ने शाक्यालाई विद्युत प्राधिकरणको नेतृत्वमा ल्याउन लागिएको छ । सोही योजना अनुसार गत भदै २८ गतेनै कार्यकाल सकिएका कुलमान घिसिङलाई पुर्न नियुक्ती गर्न सारा नेपाली लागेर आन्दोलन गर्दासमेत प्रधानमन्त्री ओली कानमा तेल हालेर बसेका थिए ।
ओलीले उर्जामन्त्रीलाई शाक्यलाई आईए इन्जीनियरीङ कम्पनीबाट झिकाएर कार्यवाहक दिन निर्देशन दिएका थिए । प्राधिकरणमा शाक्यभन्दा जुनियर रहेका लेखनाथ कोइरालालाई कामु बनाइएको थियो ।
अहिले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त पाएका छन । ऊर्जामन्त्री वर्षमान पुनलाई प्रधानमन्त्रीले शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्न दवाव दिएका थिए ।
शाक्यको लागी बालुवाटार दाहिना भएपछि घिसिङको इन्ट्री हुन सकेन । शाक्यले प्राधिकरणको प्रमुखमा बाजी मार्ने संभावना छ । प्रमपत्नी शाक्यकै दाजुभाइको नाता लगाउँदै हितेन्द्रदेवले नियुक्ती पाएका हुन ।