सूर्या लाइफले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले कुल १०.५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट लाभा.श वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।
