अपि पावरको खुद नाफा करिव २ सय प्रतिशतले बृद्धि, विद्युत विक्री आम्दानी १२१.२० प्रतिशत बढ्यो « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

अपि पावरको खुद नाफा करिव २ सय प्रतिशतले बृद्धि, विद्युत विक्री आम्दानी १२१.२० प्रतिशत बढ्यो



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट आम्दानी १४ करोड १२ लाख ५७ हजार रुपैयाँ गरेको छ । कम्पनीको गत बर्ष सोहि अवधिको तुलनमा १२१.२० प्रतिशत बढीले आम्दानी गरेको हो । सोही अवधिमा गत बर्ष विद्युत बिक्रीबाट ६ करोड ३८ लाख ५७ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । त्यस्तै यस अवधिमा अन्य स्रोतबाट हुने आम्दानी २ लाख ९ हजार रुपैयाँबाट बढेर ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यस अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको यस बर्ष खुद नाफा १० करोड ६४ लाख १ हजार रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.९६ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १२ रुपैयाँ ८ पैसा रहेको कम्पनीको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २३ रुपैयाँ ६६ पैसा बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८२ पैसाबाट घटेर १२४ रुपैयाँ ३० पैसा पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ९२ लाख ९१ हजार रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ११ करोड ६८ लाख ८० हजार रुपैयाँ सञ्चित थियो ।


प्रतिक्रिया दिनुहोस्