महिला लघुवित्तको नाफा २६४.१३ प्रतिशत बढ्यो « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

महिला लघुवित्तको नाफा २६४.१३ प्रतिशत बढ्यो



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६४.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५४ लाख ६१ हजार खुद नाफा कमाएको थियो ।

त्यस्तै, लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा १४ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, कम्पनीले यस अवधिमा खुद ब्याज ४ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै कम्पनीको सञ्चालन मुनाफा १ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, असोज मसान्तसम्ममा लघुवित्तले ७२ करोड ३२ लाख रुपैयाँ निक्षेप र १ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ सापटी लिएर २ अर्ब २४ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्