धनतेरसको दिन एनआइबिएल सहभागिता फण्डमा लगानीको शुभारम्भ

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।
हालै अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको यस फण्डले यस वर्षको धनतेरसको पावन अवसरमा ईच्छुक लगानीकर्ताहरुलाई उक्त एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजी बजारमा लगानीको शुभारम्भ गर्न सक्ने व्यवस्था मिलाईएको जनाएको छ ।
यस क्यापिटलले कार्तिक २८ गते धनतेरसको दिन बिहान ११ः०० बजे दखि दिउँसो १ः०० बजेसम्म ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको व्यहोरा जनाएको छ । लगानीको लागि शुभदिन मानिने धनतेरस माएनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न अनुरोध गरिएको छ ।