कुकुर तिहारको अवसरमा बेवारिसे कुकुरहरूलाई आइकोनिक युथ फर एनिमलद्वारा उपचार र खाना बितरण

बुटवल। असहाय पशु चौपायाको संरक्षणको र सडकका बेवारिसे कुकुरहरूको उद्धारमा क्रियाशील युवाहरूको संस्था आइकोनिक युथद्वारा आज बुटवलमा विभिन्न वडाका सडक कुकुरहरूलाई कुकुर तिहारको अवसरमा खाना तथा रेबिज विरुद्धको भ्याक्सिन वितरण साथै, घाइते कुकुरलाई उपचार गरिएको छ ।
कुकुर तिहारको अवसर पारेर बुटवलमा असहाय, अशक्त सडकका बेवारिसे कुकुरहरूलाई खाना तथा रेबिज विरुद्धको भ्याक्सिन वितरण, घाइते कुकुरलाई उपचार गरेको संस्थाका संस्थापक अध्यक्ष सुरुचि खड्काले बताइन् । साथै कोही मनकारी व्यक्ति यस अभियानमा जोडिन चाहेमा वा सडकमा कुनै घाइते असहाय कुकुर देखेमा आफुहरुलाई सम्पर्क गर्न संस्थाका अभियन्ता राजन गौडेलले आग्रह गरेका छन् ।

यो अभियान बुटवल १३ जितगढी बाट सुरु गरि, बेल्वास, बुटवल २, मैनाबगर, बुटवल ११ रामनगरका असहाय, अशक्त सडकका बेवारिसे कुकुरहरूलाई खाना तथा रेबिज विरुद्धको भ्याक्सिन वितरण, घाइते कुकुरलाई उपचार गरेको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुरुची खड्का, उपाध्यक्ष राजन गौडेल, सचिव शंकर पाण्डेय, सहसचिवमा हेमा पुरी, सुनिता श्रीस, सहकोषाध्यक्ष मधु पौडेल, गीता कुँवर सदस्यमा दिपेश राज नेपाल सल्लाहकार गोपाल पाण्डे, राजेश गैर, जयप्रकाश भट्टराई, भेट सल्लाहकार केशव लम्साल, सन्दीप पौडेलको उपस्थिति रहेको संस्थाका सह कोषाध्यक्ष मधु पौडेलले जानकारी दिए । संस्थामा जोडिनको लागि ९८५७०४४०२६ मा सम्पर्क गर्न सकिने छ ।
