अस्पतालमा आगलागि हुँदा १० जना कोरोना सङ्क्रमितको मृत्यु « Arthapath.com
३० कार्तिक २०७७, आईतवार

अस्पतालमा आगलागि हुँदा १० जना कोरोना सङ्क्रमितको मृत्यु



काठमाडौं । कोरोनाभाइरसका बिरामी उपचारार्थ एक अस्पतालमा आगलागि हुँदा रोमानियामा दश जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ब्यक्तिहरु घाइते भएका छन् ।

उत्तर पूर्बी रोमानियाको पिआट्रा निम्ट सरकारी अस्पतालको सघन उपचार कक्षमा आगलागि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालको दोस्रो तल्लामा आगलागि भएको हो । आगलागि सुरु भएको कक्षमा भर्ना भएका आठ जना बिरामीको जलेर घटनास्थलमै मृत्यु भएको र दुईजना पल्लो कोठाका बिरामीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

रोमानियाका स्वास्थ्य मन्त्री नेलु टटारुले शर्ट सर्किट भएर आगलागि भएको बताएका छन् । अस्पतालमा उपचारार्थ कोभिडका बिरामीहरुलाई लसि शहरस्थित सामुदायिक अस्पतालमा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आगलागिमा गम्भिर रुपमा घाइते हुन पुगेका एक जना चिकित्सकलाई सैन्य हेलिकप्टरको सहयोगमा राजधानी बुकारेष्टस्थित अस्पतालमा उद्धार गरी भर्ना गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आगलागिमा गम्भिर रुपमा घाइते हुन पुगेका एक जना चिकित्सकलाई सैन्य हेलिकप्टरको सहयोगमा राजधानी बुकारेष्टस्थित अस्पतालमा उद्धार गरी भर्ना गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आगलागिमा गम्भिर रुपमा घाइते हुन पुगेका एक जना चिकित्सकलाई सैन्य हेलिकप्टरको सहयोगमा राजधानी बुकारेष्टस्थित अस्पतालमा उद्धार गरी भर्ना गरिएको छ ।एजेन्सी/गोरखापत्र


प्रतिक्रिया दिनुहोस्