नीतिशकुमार सातौं पटक विहारको मुख्यमन्त्री बने, सबैभन्दा ठूलो पार्टी प्रतिपक्षी दल बन्यो

काठमाडौं । भारतको विहार राज्यको मुख्यमन्त्रीका रुपमा नीतिशकुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका ध्यक्ष समेत रहनुभएका नीतिशकुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन् । उनले अहिलेको लगातारको कार्यकाल चौथो पटक भए पनि मुख्यमन्त्री भने उनी सातौ पटक भएका हुन् । सपथग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए ।
उनले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गरेका छन् । उनीहरुलाई पनि सपथ ग्रहण गराइएको छ । प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ले भने सपथ ग्रहण समारोह बहिस्कार गरेको छ ।
हालै भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नीतिशकुमारको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए)ले नै बहुमत प्राप्त गरेको छ । तर दलको रुपमा भने पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ । सवैभन्दा ठुलो पार्टी बनेर पनि सरकार बनाउन नपाएकाले उनीहरुले सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन् ।
सरकार बनाउन गठबन्धन बनाएर बहुमत पु¥याउने प्रचलन भएकाले ठूलो पार्टी भएर पनि यादवको पार्टीले बहुमत जुटाउन असफल भएको छ । सत्तारुढ दलहरुको गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कुल ११० सिट मात्रै हासिल गरेको छ ।
प्रदेश संसदमा दोस्रो ठूलो दलको रुपमा ७४ सिटसहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नीतिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ । नितिश कुमारको पार्टीले धेरै सिट जितेपछि उनको गठबन्धनले पुर्वसहमति अनुसार उनलाइ नै मुख्यमन्त्री बनाउने निर्णय गरेर फेरि मुख्यमन्त्री बनेका हुन् ।