चालु आवको पहिलो ४ महिनामा २ खर्ब ४० अर्ब राजस्व संकलन « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

चालु आवको पहिलो ४ महिनामा २ खर्ब ४० अर्ब राजस्व संकलन



काठमाडौं । आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन लक्ष्यको २३.७४ प्रतिशत राजस्व संकलन भएको छ । राजस्व बाहेक राज्यको अन्य आम्दानीसमेत जोड्दा चार महिनामा कुल लक्ष्यको २५.१५ प्रतिशत आम्दानी भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चार महिनामा २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसमध्ये कर राजस्व २ खर्ब २६ अर्ब ३ करोड र गैरकर राजस्व १४ अर्ब ११ करोड उठेको छ ।

यस अवधिमा ग्राण्ट आम्दानी ५ अर्ब १६ लाख भएको छ भने विभिन्न स्रोतबाट भएको अतिरिक्त आम्दानी २४ अर्ब ५२ करोड २७ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्