१७ जनाको मृत्यु, थपिए ५०२ जना संक्रमित, २८७८ जना कोरोनामुक्त « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

१७ जनाको मृत्यु, थपिए ५०२ जना संक्रमित, २८७८ जना कोरोनामुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०२ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

त्यस्तै, आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।

आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित रहेका छन् । आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १२४७ जना संक्रमितको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्