विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि डेढ महिना थपियो « Arthapath.com
३ मंसिर २०७७, बुधबार

विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि डेढ महिना थपियो



काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) मा मार्च १, २०२० अगाडी भिसाको म्याद सकिएर अवैधानिक भएकाहरुले विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि थपिएको छ । सो मिति अगाडी नै भिसाको म्याद सकिएकाहरुले आगामी डिसेम्वरसम्ममा विना जरिवाना स्वदेश फर्किन पाउने भएका हुन् ।

युएईको फेडरल अथोरिटी फर आइडेन्टीटी एण्ड सिटिजनसीप (आईसीए) ले सो सम्वन्धि घोषणा गर्दै विना जरिवाना स्वदेश फर्किन पाउने म्याद थपिएको जनाएको हो । यसअगाडी युएईको मन्त्रीपरीषदले मार्च १ अगाडी भिसाको म्याद सकिएर अवैधानिक हैसियतमा बसिरहेकाहरुलाई विना जरिवाना स्वदेश फर्किन नोभेम्वर १७ सम्मको म्याद दिएको थियो । तर अव सो समयावधि आगामी डिसेम्वर ३१ तारिखसम्मका लागि थपिएको हो ।


प्रतिक्रिया दिनुहोस्