गुराँस लाइफको बार्षिक साधारण सभा भोली, यस्ता छन् एजेण्डा « Arthapath.com
३ मंसिर २०७७, बुधबार

गुराँस लाइफको बार्षिक साधारण सभा भोली, यस्ता छन् एजेण्डा



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको दशौँ वार्षिक साधारण सभा भोलि ४ गते हुने भएको छ । कम्पनीको कार्तिक ३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौँ वार्षिक साधारण सभा भोलि गर्ने निर्णय गरेको थियो ।

भोली बिहीबार कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौँमा बिहान १०ः३० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीको भाद्र १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७४÷०७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई ५.२५ प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर वापत ५१ लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र) नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक २० गतेबाट मंसिर ४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । त्यसैले, कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्