एसबीआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको ४५८ औं सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई यति लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लाभांश दिने प्रस्ताव आगामी २७ औं वार्षिक साधारणसभामा पेश गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने बैंकले जनाएको छ ।