घुस लिएको अभियोगमा वाणिज्यका सुब्बा विरुद्ध मुद्दा दर्ता « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

घुस लिएको अभियोगमा वाणिज्यका सुब्बा विरुद्ध मुद्दा दर्ता



काठमाडौं । १० हजार घुसर खाने वाणिज्य विभागका सुब्बा विरुद्ध मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोगमा नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध मुद्धा दायर गरेको हो ।

वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत सुब्बा महतोविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्