२३ वर्षमा दुई किमी सडक पनि पूरा भएन « Arthapath.com
७ मंसिर २०७७, आईतवार

२३ वर्षमा दुई किमी सडक पनि पूरा भएन



काठमाडौं । हरेक निर्वाचनमा राजनीतिक मुद्दा बन्ने गरेको दशरथचन्द नगरपालिका–४ को दुई किलोमिटर सहसरि चक्रपथ २३ वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । चुनावको बेला भोट माग्दा सबै नेताले सोही चक्रपथ बनाउने वाचा गरे पनि चुनाव जितेपछि दशरथचन्द नगरपालिकाको आँखै अगाडिको चक्रपथ सडक ओझेलमा पर्ने गरेको छ । \

दशरथचन्द नगरपालिका–४, शाहीलेकदेखि देवलहाट, बाडिलेक हुँदै गोठालापानी जोड्न २०५४ सालमा चक्रपथ निर्माण सुरु भएको थियो । एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख गोकर्ण लेखकले चक्रपथको सुरुवात गरेका थिए ।

२०७४ सालको‚ थानीय निर्वाचनमा नगर प्रमुखमा नेपाली काँगे्रसले जितेपछि सडकमा बजेटै नआएको‚ थानीय नरेश ठगुन्नाले गुनासो गरे । दशरथचन्द नगरपालिका–४ मा रहेको पाण्डवकालीन पञ्चदेवल र धार्मिक पर्यटकीय गन्तव्य त्रिपुरासुन्दरीसमेत जोड्ने उद्देश्य राखेर चक्रपथको निर्माण सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्