थप १९८० जनामा कोरोना, संक्रमणमुक्तको संख्या २ लाख नाघ्यो, सक्रिय संख्या दैनिक घट्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
त्यस्तै, आज देशभर १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन् । त्यस्तै, देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १६ लाख ७० हजार ४ सय ५६ जनाको पीसिआर परिक्षण गरिएको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण भेटिएको छ । आज काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।