मन्त्री भट्टराइको सह्रानिय काम, कोरोना बीमाबाट पाएको रकमसहितले १५७६ जनाको बीमामा गराए « Arthapath.com
१० मंसिर २०७७, बुधबार

मन्त्री भट्टराइको सह्रानिय काम, कोरोना बीमाबाट पाएको रकमसहितले १५७६ जनाको बीमामा गराए



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमाबापत प्राप्त गरेको रकमले ३ सय जनाको बीमा गराएका छन् ।

उनले कोरोना बीमा गराएका थिए । जब उनी कोरोना संक्रमित भए तब उनले दाबी गर्दा पाएको रकमले कोरोना बीमा गराइदिएका छन् ।

उनले कोरोना बीमामार्फत १ लाख रुपैयाँ पाएका थिए । उनले ताप्लेजुङका गरिब, विपन्न, असहाय, मजदुर तथा विद्यार्थीको कोरोना बीमा गर्न सहयोग गरेका हुन् ।

मन्त्री भट्टराईको सचिवालयले एक बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण हुँदा कोरोना बीमा बापत प्राप्त गरेको एक लाख रुपैयाँ जिल्लाका ३०० जना न्यून आय भएका मानिसहरुको पुनः कोरोना बीमाको लागि खर्च गरेको जनाएको छ ।

मन्त्री भट्टराईको सचिवालयका अनुसार जिल्लाका १ हजार २७६ जनाको कोरोना बीमा खर्च मन्त्री हुँदा भत्ता र तलब बापत प्राप्त आम्दानीबाट गरिदिएका छन् । कोरोना बीमा बापत प्राप्त रकमबाट थप ३०० जनाको कोरोना बीमा गरेको समेत कूल एक हजार ५७६ जनाको कोरोना बीमा मन्त्री भट्टराई एक्लैले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्