एनआईसी एशिया बैंकको फोटो पात्रो २०७८ प्रतियोगिता, उत्कृष्ट फोटोलाई नगद पुरस्कार « Arthapath.com
१० मंसिर २०७७, बुधबार

एनआईसी एशिया बैंकको फोटो पात्रो २०७८ प्रतियोगिता, उत्कृष्ट फोटोलाई नगद पुरस्कार



काठमाडौं । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका नेपालीहरूका लागि ‘PHOTO–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा उहाँँहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो । यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले Season, Hope & Positivity, Lifestyle र Friendship विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्ने छन् । भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्नेछ ।

प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,००० नगद रकम पुरस्कार प्रदान गर्नेछ । यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ ।

प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००*३६०० पिक्सल, साइज (इन्च) १८*१२, रिजोलुसन ३०० DPI र ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।


प्रतिक्रिया दिनुहोस्