बिहीबार नेप्सेले सबै रेकर्ड तोड्यो, करिव पौने ७ अर्बको कारोबार
काठमाडौं । सातको अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । पछल्लो समय दैनिक रुपमा आफ्नै रेकर्ड तोड्दै गएको नेप्सेले फेरि रेकर्ड तोडेको हो । आपनिङ समयमा हालसम्मकै नयाँ विन्दु १९०० माथि अक्लिएर नयाँ रेकर्ड कायम गरेको नेप्सेले अन्तिम समयमा आएर नयाँ रेकर्ड कायम गर्न समफल भएको हो ।
बिहीबार नेप्सेमा हालसम्मकै धेरै कारोबार भएको छ । नेप्से परिसूचक १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.८५ अंकले बढेर ३६५.१८ मा पुगेको हो ।
बिहीबार कूल २०१ वटा कम्पनीको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार भएको छ । यो रकम हालसम्म कै सर्वाधिक हो । बिहीबार कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ७ समूहको परिसूचक घटेको छ भने बाँकी ५ समूहको परिसूचक बढेको हो ।
त्यस्तै, २०७३ साउन १२ गतेको १८८१.४५ अंकको रेकर्डलाई पनि तोडेको छ । बिहीबार नेप्से परिसूचक १९२६.२१ अंकसम्म पुगे पनि अन्ततः १८९३ अंकमा अबन्द भएको हो । बैंकिङ समूह सूचक कारोबारको मध्यतिर ५२ अंकसम्मले बढे पनि केही समयपछि घट्दै ३८ अंकले बढेको छ ।
बिहीबा सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार ३३९ मा ५८ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो बढी कारोबार नबिलको प्रतिकित्ता १ हजार १३० मा ३८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।