यस साता सुनको मूल्य ३ हजारले घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । यस साता सुनको मूल्य ३ हजासरले रुपैयाँले घटेको छ । मंगलबार १८ सय, बुधबार १ हजार र शुक्रबार २सय रुपैयाँले गरि यस साता ३ हजार रुपैयाँले घटेको हो । त्यस्तै यस साता सुनको मूल्य आइतबार ३ सय रुपैयाँले बढेको हो । त्यस्तै यस साथा दुई दिन सुनको मुल्यमा स्थिर आएको हो ।
शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार सुनचाँदीको मूल्यमा स्थिर रहेका थियो । मंगलबार र बुधबार निरन्तर घटेको सुनको मूल्य बिहीबार स्थिर रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको थियो । यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
ंबुधबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन बुधबार तोलामा १ हजार रुपैयाँले नै घटेर ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य बुधबार ५ रुपैयाँले घटेर बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार थियो ।
त्यस्तै, मंगलबार छापावाला सुनको मुल्यमा १ हजार ८ सयले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी पनि प्रतितोला ३० रुपैयाँ घटेको १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो । सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको थियो ।
आईतबार सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबि सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आईतबार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।