स्वास्थ्यकर्मीलाई तत्काल भत्ता उपलब्ध गराउन निर्देशन « Arthapath.com
२० असार २०८२, शुक्रबार

स्वास्थ्यकर्मीलाई तत्काल भत्ता उपलब्ध गराउन निर्देशन



काठमाडौं । असोज मसान्तसम्म ६८ करोड जोखिम भत्ता निकासा गरिएको छ । मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा गरेको जनाएको छ । कात्तिक महिनाको भुक्तानीको क्रममा रहेको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज सूचना सार्वजनिक गर्दै कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन भनेका छन्। सार्वजनिक सूचना अनुसार आज बसेको सचिवस्तरको निर्णयअनुसार भत्ता उपलब्ध गराउन भनिएको हो।


प्रतिक्रिया दिनुहोस्